२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

‘क्यापिटल क्विन नेपाल–२०२५’को ताज करुणालाई

Nada
२०८२ असार २२ गते २०:२६
Shares
‘क्यापिटल क्विन नेपाल–२०२५’को ताज करुणालाई

काठमाडौं : राजधानी निवासी महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’को उपाधि करुणा भुजेल श्रेष्ठले जितेकी छन् । शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको प्रतियोगितामा अन्य प्रतियोगीलाई पछि पार्दै जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले उपाधि जितेकी हुन् ।

ncell

विजेता बनेसँगै करुणाले आगामी वर्ष लन्डनमा आयोजना हुने फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६ मा सहभागिताको इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् । यस्तै, अनिता लामा पहिलो रनरअप र सीता राई दोस्रो रनरअप बन्न सफल भए ।

प्रतियोगिता आयोजक हिमालय म्युजिकले आयोजना गरेको यो प्रतियोगिता नवौं संस्करण हो । कार्यक्रममा विभिन्न पेशामा आबद्ध करिब एक दर्जनभन्दा बढी महिलाको सहभागिता रहेको थियो । सहभागीहरूले करिब तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली, स्टेज प्रस्तुति, क्याटवाक, फोटोसुट, भिडियोसुट लगायतका विधामा तालिम लिएका थिए ।

प्रतियोगीहरूको समग्र ग्रुमिङ कोरियोग्राफर हिमानी सुब्बाले सम्हालेकी थिइन् । सुब्बाले प्रतियोगिताको उद्घाटनमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमको रौनक थपेकी थिइन् ।

प्रतियोगितामा परिचयात्मक चरण, बेस्ट ड्रेस, प्रश्नोत्तर लगायतका चरण पार गर्दै प्रतिस्पर्धीहरू अन्तिम क्राउनिङ चरणमा पुगेका थिए । कार्यक्रममा उपस्थित निर्णायक मण्डलमा अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्याण्डसम नेपाल २०१९ का अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ की लिला राई तथा मिसेस डिभा नेपाल २०२५ की संगीता अधिकारी रहेका थिए ।

सौन्दर्य प्रतियोगितामा विभिन्न उपाधि तथा अवार्डहरू पनि वितरण गरिएको थियो । बेस्ट ट्यालेन्टको उपाधि रन्जना सिंहले प्राप्त गरिन् भने बेस्ट पर्सनालिटी माया तामाङले हात पारिन् । त्यस्तै, विजेता करुणा भुजेल श्रेष्ठले बेस्ट फोटोजेनिक र बेस्ट ड्रेस दुवै अवार्ड जितिन् ।

मोस्ट डाइनामिकको उपाधि मन्दिरा श्रेष्ठले, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलीजेन्ट सीता राई, मोस्ट डिलाइटफुल मिना श्रेष्ठ, मोस्ट डिसेन्ट दिना राई, मोस्ट एक्टिभ अन्जना राई, मोस्ट चार्मिङ सन्चिता खत्री, मोस्ट प्यासोनेट सजिना तामाङ, मोस्ट डेडिकेटेड गीता राजवंशी, मोस्ट ग्रेसफुल तथा मोस्ट पपुलर सिताश्री बस्नेत, पब्लिक च्वाइस भिडियो सन्चिता खत्री र बेस्ट मल्टिमिडिया रन्जना सिंहले जिते ।

कार्यक्रमको उद्देश्य महिलाहरूको क्षमता पहिचान गरी त्यसलाई प्रस्फुटन गराउँदै सामाजिक तथा व्यावसायिक क्षेत्रमा आत्मविश्वाससहित अगाडि बढाउने रहेको आयोजक पक्षले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर