२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रोल्वालिङमा फसेका पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाइयो 

ADV
राजकुमार भुजेल
२०८१ असार २९ गते १३:२५
रोल्वालिङमा फसेका पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाइयो 

दोलखा : बाढीपहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकाको रोल्वालिङ क्षेत्रमा अलपत्र परेका १४ जनाको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । शनिबार करिब साँढे ११ बजेतिर गाउँपालिका अध्यक्ष विश्वास कार्कीसहितको टोली उद्धारका लागि हेलिकप्टर लिएर चरिकोटबाट उडेका हुन् ।

रोल्वालिङमा फसेका १४ जनालाई हेलिकप्टर मार्फत चरिकोट ल्याइने अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । बाढीले सोही ठाउँका स्थानीय बस्तीहरुमा पनि क्षति गरेकाले स्थानीयका लागि खाद्यन्न तथा राहत समेत लगिएको छ ।

असार २५ गते रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र फड्के खोलासमेत बगाएको छ । सोही कारण च्छोरोल्पा घुम्न गएका पर्यटकसहित स्थानीयको टोली बीच बाटोमै अलपत्र परेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise