२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

दोस्रो क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असार २३ गते २०:२३
दोस्रो क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

काठमाडौं : दोस्रो संस्करणको क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५ भव्य रूपमा सम्पन्न भएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न ग्रान्ड फिनाले समारोहमा गीतसंगीतका विभिन्न २३ विधामा अवार्ड प्रदान गरिएको हो ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता अवार्ड निर्देशक, सर्जक तथा कलाकार विजेन्द्र नौबागेले गरेका थिए ।

उक्त समारोहमा वरिष्ठ निर्देशक तथा कलाकार सुभाष प्रसाद गजुरेल, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासेनी, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, पत्रकार कृष्ण भुसाल, जनसवाल दैनिकका प्रधान सम्पादक रम्जी बगाले, स्याङ्जा काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष प्रतम किसानलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोक स्वर सम्राट राजु परियारलाई रजत सम्मान प्रदान गर्दै उनका सांगीतिक योगदानको कदर गरिएको थियो । पत्रकारिता क्षेत्रबाट सानुकाजी श्रेष्ठ र अशिम लोप्चन तामाङ सम्मानित भए भने गायन विधामा वरिष्ठ गायिका देविका बन्दनालाई सदाबहार गायिका सम्मान दिइएको थियो । संगीत संयोजनमा उल्लेखनीय योगदान पुर्‍याएका एरेन्जर राजु खड्का संगीत साधक सम्मानबाट सम्मानित भए ।

लोक तथा दोहोरी गायनमा दशक लामो योगदान दिएकोमा टिका पुनलाई दशक सम्मान प्रदान गरियो । नेपाली चलचित्र इतिहासमै पहिलो महिला निर्देशकको रूपमा योगदान पु¥याएकी सुचित्रा श्रेष्ठ, तथा चरित्र अभिनेत्री रश्मि भट्ट पनि विशेष सम्मानकी भागीदार बने ।

चलचित्र निर्माणमा सक्रिय निर्माता शर्मिला पाण्डेले विशेष व्यक्तित्वको रूपमा सम्मान पाइन् भने सञ्चारकर्मी डिवि पराजुली र छायाँकार केशव अधिकारी पनि सम्मानित भए । लोक तथा दोहोरी गायनमा नयाँ उचाइँ हासिल गर्दै आएका हरिराम परियारलाई प्रोत्साहन स्वरूप अवार्ड प्रदान गरियो ।

गीत लेखनमा सामना शाहा, म्युजिक भिडियो मोडलिङमा देव महतो, निर्देशन र मोडलिङमा दिनेश डाँगी, कलामा विनोद कार्की र दिलिप ढकाल, युवा व्यवसाय प्रवर्द्धनमा राज कार्कीले अवार्ड प्राप्त गरे । बाल कलाकारको रूपमा मञ्जली तामाङ र आरिया शाहीले अवार्ड हात पार्दा भिडियो सम्पादनतर्फ इनिश बुढाथोकी सम्मानित भइन् ।

त्यस्तै, समाजसेवामा सक्रिय योगदान पुर्‍याएका दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुँवर, अभिचन्द्र कार्की, ज्ञानेन्द्र गौतम र रमिता बस्नेतलाई समाजसेवी सम्मान प्रदान गरियो । महिला उद्यमीको रूपमा हिमा कुमारी मल्ल र उमा मिश्र सम्मानित भए भने स्वयंसेवीका श्रेणीमा दुर्गा न्यौपाने र अमृता नौबागेले सम्मान प्राप्त गरे । कार्यक्रम सञ्चालनको भूमिकामा म्ष्उभलमचब क्जबजष् ले उद्घोषक सम्मान पाए ।

अवार्ड छनोट प्रक्रियामा संलग्न निर्णायक समूहका सदस्य साउण्ड इन्जिनियर डिका गुरुङ, गायक भुवन प्यासी, ओमप्रकाश राई, रमेश श्रेष्ठ र भुवन प्रकाश बडुलाई पनि विशेष सम्मान प्रदान गरियो ।

अन्ततः समारोहमा गायक, निर्देशक, मोडल र कलाकारहरूलाई अवार्ड वितरण गर्नुका साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने धुलिखेल नगरपालिका, कृष्ण श्रेष्ठ, श्रेष्ठ सप्लायर्स, पपुलर ग्रुप लिमिटेड, गंगबुस्थित विभिन्न संस्थाहरू, सुटमाला बागबजार र चलचित्र विकास बोर्डलाई पनि सम्मान गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise