२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन

Nada
२०८२ असार २४ गते १२:०८
Shares
५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन

काठमाडौं : निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’को छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् ।

ncell

मकवानपुरको चितलाङ्ग, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै सिनेमाको ५१ दिनमा सुटिङ सकिएको हो । त्यसअघि ललितपुरको च्यासलस्थित सेट लगाए छायांकन सुरुगरिएको कोशेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाकंन गरिएको थियो ।

निर्माणपक्षले रिलिज डेट घोषणा गरिसकेको छ । चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते यो चलचित्र रिलिज हुँदै छ । नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।

पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

‘पूर्ण बहादुरको सारंगी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षीत सिनेमा बनेको छ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा चासो छ ।

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको चलचित्र ‘कोशेढुंगा’को निर्माणपक्षले छायाकंनकै क्रममा फर्स्ट लुक्स पोस्टरका रुपमा सिनेमाकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड रहेको तस्विर बाहिर ल्याएको थियो ।

“हामीले अपेक्षा गरे अनुसार नै छायांकन भएको छ । यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” उनले भने, “चलचित्रको अनलाइन सम्पादनको काम सेट मै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ ।”

दर्शकमा रहेको अपेक्षा ‘कोशेढुंगा’ले पूरा गर्ने कार्यकारी निर्माता दिनेश खड्काले बताए । ‘पूर्ण बहादुरको सारङ्गी’जस्तै दर्शकले मनपर्ने चलचित्र बनाउने उनले बताए ।

चलचित्रको कथा र छायांकनमा भएको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

ताजा खबर

सम्बन्धित खबर