गोमती पाल/मध्यान्ह
महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका –४ स्थित शिव लिङ्गेश्वरमा रहेका एक बाबाको हत्या भएको छ । लुटेरा समूहले ती बाबाको हत्या गरेका छन् । शिवलिङ्गेश्वरका बाबा किसन नाथको शुक्रबार राति हत्या भएको हो ।
७५ वर्षिय बाबाको हत्यापछि प्रहरी अनुसन्धानमा जुटेको छ । प्रहरीले हत्या भए नभएको सम्बन्धि औपचारिक जानकारी भने दिएको छैन । प्रहरीले उनको मृत्युलाई शंकास्पद भनेको छ । स्थानीयले लुटेरा समूहले बाबाको हत्या गरेको दाबी गरेका छन् । अहिले प्रहरी टोली लिङ्गा क्षेत्रमा परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले हत्या वा अन्य कारण के हो भन्ने सम्बन्धि अनुसन्धान थालिएको मध्यान्ह बताए । ‘हत्या हो वा होइन स्पष्ट भएको छैन’, उनले भने, ‘त्यसको अनुसन्धान गरि रहेका छौं ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies