२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रोल्वालिङमा फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार

ADV
राजकुमार भुजेल
२०८१ असार २९ गते १९:०९
रोल्वालिङमा फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार

दोलखा : रोल्वालिङ क्षेत्रमा फसेका पर्यटकको उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्वालिङ क्षेत्रमा फसेका १४ जना पर्यटकको उद्धार गरिएको हो ।

शनिबार बिहान त्यहाँका बासिन्दालाई अत्यावश्यक खाध्यान्न सामग्री लिएर गएको सो हेलिकप्टर रोल्वालिङ क्षेत्रमा फसेका १४ जना पर्यटकको उद्धार गरेर सदरमुकाम चरिकोट आएको हो ।

असार २५ गते गौरीशंकर–९ रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र फड्के खोलासमेत बगाएको थियो भने डोगाङका होटल तथा लज बगाउनुका साथै स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बेपत्ता बनाएको थियो । सोही कारण च्छोरोल्पा घुम्न गएका पर्यटकसहित स्थानीयको टोली बीच बाटोमै अलपत्र परेका थिए ।

त्यस्तै प्रतिनिधि सभा सदस्य गंगा कार्की तथा गाउँपालिका अध्यक्ष विश्वास कार्कीको पहलमा गृह मन्त्रालयले हेलिकप्टरसहित खाध्यान्न पठाएको थियो । अध्यक्ष कार्कीसहितको टोली उद्धार र खाध्यान्न सामग्री लिएर रोल्वालिङ पुगेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise