२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १४:१८
क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

काठमाडौं : क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । 

आज आयोजित एक कार्यक्रमबीच सो चलचित्र निर्माण गर्न लागिएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए । क्याप्टेन थापाको जीवनीको उतारचढावलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिने निर्देशक खनालको भनाइ छ ।

उनले भने, “नियमित बनिरहेका भन्दा फरक शैलीको चलचित्र दर्शकमाझ ल्याउने कोसिस गर्दैछौं । आकाशमा भोग्ने चुनौती, यात्राको भोगाइ र व्यावसायिक जीवनलाई समेटेर चलचित्रलाई रोचक बनाउने प्रयास रहनेछ ।”

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहने निर्देशक खनालले जानकारी दिए । आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायांकन गर्नेछन् ।

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम ‘इन्स्ट्रक्टर’ क्याप्टेन थापाको युद्धस्थलका उद्धार, भोगाइ एवं अनुभूतिमा अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise