२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

१२ दलले प्रर्दशन गर्ने

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १६:२०
१२ दलले प्रर्दशन गर्ने

काठमाडौं : प्यालेस्टाइनमाथिको आक्रमण र इरानमाथिको हमलाविरुद्ध नेकपा (माओवादी केन्द्र)सहित १२ राजनीतिक दल, संस्था तथा नागरिकको आयोजनामा शुक्रबार काठमाडौंमा प्रर्दशन हुने भएको छ ।

प्रदर्शनीमार्गमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । उनका अनुसार जुलुस दिउँसो साढे १ बजे शान्तिबाटिबाट सुरु हुनेछ ।

शान्तिबाटिका, जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर जुलुुस सभामा परिणत हुनेछ ।

कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

यसअघि शनिबार बसेको विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठकले काठमाडौंमा संयुक्त विरोधसभा गर्ने निर्णय गरेको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise