२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र राष्ट्रिय लोक सञ्चारकर्मी पुगे गृहमन्त्री भेट्न, अश्लीलता फैलाउने तिज गीत रोक्न माग

Nada
२०८२ असार २६ गते १८:००
Shares
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र राष्ट्रिय लोक सञ्चारकर्मी पुगे गृहमन्त्री भेट्न, अश्लीलता फैलाउने तिज गीत रोक्न माग

काठमाडौं : राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तिज पर्वमा विकृति र अश्लीलता फैलाउने दुई गीतको प्रसारण तथा प्रकाशनमा प्रतिबन्ध लगाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै सामाजिक मर्यादा विपरीत सिर्जना गरिएका ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ बोलको गीतका समाचार प्रसारण तथा प्रकाशनमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ ।

ncell

संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तिज पर्वको नाममा उत्पादन हुने कुनै पनि विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादा विपरीत सामग्री समावेश गरेका गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब, तथा सामाजिक सञ्जाल लगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछ ।‘

बिहीबार बिहानै विज्ञप्ति प्रकाशित गरी मध्य दिउँसो राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको टिम गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाउँदै तिज पर्वका नाममा सार्वजनिक हुने अश्लील र अमर्यादित गीतलाई रोक्न माग गरेको छ । पत्र बुझ्दै गृहमन्त्री लेखकले रोकथाममा सरकार गम्भीर रहेको बताए ।

यस्तै बिहीबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको डेलिगेसन टोलीसँग गृहमन्त्री लेखकले अन्तरक्रिया गरेका छन् । अन्तरक्रियापछि गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नबीन्द अर्याललाई ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले ‘गीतसंगीतमार्फत समाजमा विद्वेष, घृणा फैलाउने, समाज समाजको बिचमा, व्यक्ति व्यक्तिको बीचमा, भासाभासीको बीचमा, एक अर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लाञ्छना लगाउने कार्य रोक्न निर्देशन दिएका छन् । सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष थापासहित पुगेका कलाकारले लोकगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामका लागि राज्य गम्भीर हुनुपर्ने बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर