काठमाडौं : सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं बडुवालले तयार गरेकी हुन् ।
दीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी, गणेश जीसी र मीना बडुवालको अभिनय रहेको भिडियोमा क्यामरा अमृत बिक, निर्देशन मिराजविक्रम सिंहको रहेको छ ।
शैली, लय र प्रस्तुतीकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडा गीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतको भिडियो गायक रोशनको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।