२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

राप्रपाले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि नवराज सुवेदी पुगे निर्वाचन आयोग

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १२:१०
राप्रपाले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि नवराज सुवेदी पुगे निर्वाचन आयोग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । सुवेदीलाई साथ दिँदै डा. धवलशम्शेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ ।

आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।

ADV

सम्बन्धित खबर

Advertise