२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

प्रमुख दुई ठूला दलले सत्ताको सिन्डिकेट बनाएर देश लुटिरहेको राप्रपाको आरोप

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १४:०१
प्रमुख दुई ठूला दलले सत्ताको सिन्डिकेट बनाएर देश लुटिरहेको राप्रपाको आरोप

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिन्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।

राजावादीहरुलाई तहल लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको उनको आरोप छ । उनले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहेका पनि सरकारले दुई तिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गरे ।

उनले गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खलेको भुमिकाप्रति पनि आपत्ति जनाए । उनले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबरजस्ती बैठक चलाइएको उल्लेख गर्दै यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गरे । 

उनले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताए ।

ADV

सम्बन्धित खबर

Advertise