२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन राष्ट्रपतिको आग्रह

Nada
२०८२ असार ३० गते १६:४०
Shares
गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । शितल निवासमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

ncell

उनले सिमित बजारबाट हुर्केको चलचित्रको बजार आजको स्थितिमा विस्तार हुनु खुशीको कुरा भएको बताए । चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति, भाषाभाषीका पहिचान जस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भुमिकालाई बिर्सिन नहुने पनि स्पष्ट पारे । उनले पछिल्लो समयमा आदिवासी, जनजाति लगायतका कला, भाषा, भेषभुषा, भाषा, संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको दाबी गरे ।

राष्ट्रपति पौडेलले भने, ‘गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक छ । सिमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुन रुपमा विकास र विस्तार भएको छ, त्यो खुशीको विषय हो । चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति, भाषाभाषीका पहिचान जस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भुमिकालाई हामीले बिर्सिनु हुँदैन । पछिल्लो समयमा आदिवासी, जनजाति लगायतका कला, भाषा, भेषभुषा, भाषा, संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।’

राष्ट्रपति पौडेलले नेपाल आफैँमा एउटा प्राकृतिक चलचित्र स्टुडियो भएको बताए । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान दिनुपर्ने उनको जोड छ ।

सम्बन्धित खबर