२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

shivam cement
२०८२ असार ३१ गते ११:३८
Shares
घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । गुप्ताको घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन दिएका थिए ।

मन्त्री गुप्ताले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गर्दै लेखेका छन्, "विगत केही दिनदेखि मेरो नाम ‘घुस डिल’सँग जोडेर प्रचार गरिएको छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब सत्यतथ्य बाहिर आउन सकोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु ।"

गुप्ताले प्रविधिको उच्चतम प्रयोगको शिकार आफू बनेको दाबी गर्दै अरू कोही पनि त्यस्तो शिकार नबनुन् भन्ने अपेक्षा गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने प्रतिवद्धतासहित पुनः जनताको घरदैलोमा आउने जनाएका छन् ।

केही दिनअघि सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ता भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ ‘डिल’ गरेको भनिएको छ ।

अडियोमा पोखराको मालपोत कार्यालय र जग्गासम्बन्धी कुराकानीसँगै मन्त्रीले विभिन्न स्थानका मालपोत कार्यालयमा फोन गरेर ‘सहयोग’ माग्ने र नमानेमा अन्तर मन्त्रालय सरुवा गरिदिने धम्की दिएको जस्ता अंश समावेश छन् ।

अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तामाथि चौतर्फी आलोचना भएको थियो । विपक्षी दलहरूले कारबाहीको माग गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर