२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू : राप्रपा प्रमुख सचेतक शाही

Nada
२०८२ असार ३१ गते १४:००
Shares
भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू : राप्रपा प्रमुख सचेतक शाही

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानविन गर्न माग गरेका छन्

ncell

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानविनका लागि सम्बन्धीत मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरेका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयका निकायहरू समेत भ्रष्टाचार जस्तो गम्भीर विषयमा मौन रहेको भन्दै आपत्ति जनाए । उनले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गरे ।

उनले भने, ‘पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ! मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं यो देशमा । आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृहमन्त्रालयगतका युनिटहरुले के हेरेर बसेका छन् ? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन् ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानविन गरियोस् । त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानविन गरियोस् ।’ 

उनले ज्ञान नपाए गोरखा तथा भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भन्दै टिप्पणी समेत गरे।  

ताजा खबर

सम्बन्धित खबर