२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एमाले सचिवालय बैठक बस्दै

Nada
२०८२ साउन १ गते १२:०१
Shares
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ ।

ncell

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिए । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ ।  

यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आज बस्ने एमाले सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताए ।

यसअघि गत असार ११ गते एमालेको ५३औं सचिवालय बैठक बसेको थियो ।

ताजा खबर

सम्बन्धित खबर