सर्वोच्च अदालतले कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पदमुक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले गएको २७ जेठको अन्तरिम आदेश खारेज गर्दै फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्ने फैसला सुनाइएको छ । गएको ३ वैशाखमा एमालेका चार सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोस क्रस गरी नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरी माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासका मत दिएका मध्ये प्रकाश ज्वाला बाहेक तीन जना सरकारमै सहभागी भएका छन् । तर न्यायाधीश प्रकाशमानसिं राउतको एकल इजलासले पुनर्वहालीको अन्तरिम आदेश दिएको थियो ।
त्यसविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भ्योकटमा गए । भ्याकेटको सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गर्दै फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गरेको छ । न्यायाधीश राउतले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिइ उक्त कमिटीले गरेको कारबाहीलाई रोकेको थियो । तर सोमबार भने कर्णाली प्रदेश संसदीय दलको निर्णय बिपरीत फ्लोर क्रस गरेको र पार्टीको केन्द्रीय कार्यकारिणी समितिको जुनसुकै नाम भएपनि त्यो वैधानिक हुने समेत ओदशमा उल्लेख छ । यो फैसलासँगै फ्लोर क्रस गर्ने सांसदहरु पदमुक्त भएका छन् । तर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद भने फेरि पनि जोगिएको छ । यो सहित मुख्यमन्त्रीबाट पदमुक्त गर्ने तेस्रो प्रयास हुँदा पनि शाही जोगिएका छन् । किनकि एमालेका चार सांसद पदमुक्त भएको र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका एक सांसद पहिले नै पदमुक्त भइसकेकाले अब ३५ संसदीय प्रदेशसभामा मुख्यमन्त्री शाहीसँग बहुमत सांसद रहेको हो । त्यहाँ सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका १२ र नेपाली काँग्रेसका ६ सांसद छन् ।
यो फैसलाको मुलतः दुई महत्वपूर्ण अर्थ देखिन्छ । पहिलो प्रदेश सरकार जोगियो भने फ्लोर क्रस गर्ने सांसद पदमुक्त हुन्छन् भन्ने नजीरलाई कायमै राखिदियो । यसअघि गण्डकीमा फ्लोर क्रस गर्ने जनमोर्चाका सांसदको पनि पद गएको थियो । माओवादी केन्द्र छोडेर गएका राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको पद गइसकेको छ । लुम्बिनीमा जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदको पनि पद संकटमा परेको छ । अर्थात्, संसदीय मर्यादा बिपरीत कुनै सांसद उभिए ऊ कारबाहीको भागिदार हुन्छन् भन्ने फैसला अदालतले दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies