२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कतारमा एकैदिन चार संस्थाबाट सम्मानित भए राजु परियार

ADV
तिलु शर्मा पौडेल
२०८१ असार ३० गते २०:२२
कतारमा एकैदिन चार संस्थाबाट सम्मानित भए राजु परियार

दोहा, कतार : शनिबार साँझ सनैयामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा अलगै रौनक देखियो । ५०/६० जनाको उपस्थिति रहेको हलमा शुरुमा लमजुङ सेवा समाज कतारले आफ्नो संस्थाको ब्यानर भित्तामा अनावरण गर्दै शुरु गर्‍यो औपचारिक सम्मान कार्यक्रम ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले गत शुक्रबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन कतार आएका वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारलाई सम्मान गर्न आयोजित कार्यक्रम संस्थाका अध्यक्ष विनोद प्रसाद बसौलाको सभापतित्वमा सम्पन्न भयो ।

लमजुङको कार्यक्रम सकिएलगत्तै दलित एकता सञ्जाल नेपाल कतार शाखाले गायक परियारलाई सम्मान गरेको थियो । सञ्जालको सम्मान कार्यक्रमलगत्तै परियार मित्रता समाज कतारले पनि सोही प्रकृतिले गायक परियारलाई सम्मान गर्‍यो । शुक्रबार नै अतिथि गायक परियारलाई सम्मान गरेको प्रतिष्ठान कतार शाखाले मित्रता समाजको कार्यक्रम लगत्तै आफ्नो ब्यानर लगाएर मायाको चिनो प्रदान गर्दै सम्मान गर्‍यो ।

दलित एकता सञ्जालको कार्यक्रमलाई किरण परियार, परियार मित्रता समाजको कार्यक्रमलाई गुप्त परियार र प्रतिष्ठान कतार शाखाको कार्यक्रमलाई अध्यक्ष शिवराम ढकालले सभापतित्व गरेका थिए भने तीन वटै कार्यक्रमका प्रमुख अतिथि गायक परियार रहेका थिए । परियारलाई मायाको चिनो खादा, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मान ग्रहणपश्चात परियारले कतारको सांगीतिक यात्रामा विशेष भूमिका खेल्ने प्रतिष्ठानप्रति ऋणी रहेको बताउँदै सबैको माया, साथ र प्रेरणाले थप जिम्मेवार बनाएको बताए । राष्ट्रका गहनालाई कर्मभूमिमा स्वागत र सम्मान गर्न पाउँदा आफूहरूलाई निकै खुसी मिलेको संस्थाका प्रमुखहरूले बताए । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानमा आबद्ध कलाकार र गायक परियारबीच केहीबेर प्रत्यक्ष दोहोरीसमेत चलेको थियो । शुभचिन्तकहरूले परियारलाई मायाको चिनो कोसेली स्वरूप प्रदान गर्दै खुसीसमेत साटेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise