२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते १०:४९
९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

काठमाडौंः ९ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन् ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू र भारतीय पक्षका पनि निकायका प्रतिनिधिहरूको उपस्थितिमा बैठक हुन लागेको बताए । बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमास्तम्भहरूको मर्मतसम्भार लगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिए ।

यस्तै सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्न पनि गृह सचिवस्तरीय बैठकको महत्व रहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय सीमा निर्धारण तथा सीमानामा आउने समस्याबारे छलफल गर्ने बेग्लै निकाय भएपनि सीमासम्बन्धी अपराध नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्रले नै काम गर्ने उनले बताए ।

गृहमन्त्री लेखकले भने, ‘यो मिटिङ सम्भवतः आउने हप्तामै गर्ने तयारीका साथ हामी अगाडि बढिरहेका छौँ । हाम्रो यो सिमा हेर्ने २/३ वटा एजेन्सीहरू छन् । मैले सभापतिजीमार्फत सम्मानित समितिलाई जानकारी गराउन चाहन्छु, हाम्रो अन्तर्राष्ट्रिय सीमा कहाँनेर हो, त्यो सीमा कायम गर्ने एउटा मेकानिजम हुन्छ । जुन नापी विभागका प्रमुखको नेतृत्वमा एउटा संयन्त्र हुन्छ । त्यसले सिमाको निर्धारण गर्छ । अर्को, यदी सिमाका बारेमा विवाद भयो भने परराष्ट्र मन्त्रालयको नेतृत्वमा त्यो निरुपण गरिन्छ, त्यो अर्को निकाय भयो । गृहसचिवको नेतृत्वमा हुने मिटिङ भनेको सीमाको सुरक्षा, सिमामा हुने अपराधरूको नियन्त्रण, सीमास्तम्भहरूको मर्मतसम्भार लगायतका विषय यो सँग सम्बन्धित हुने भएको हुनाले सिमानामा हुने अपराध नियन्त्रण र सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्ने कुरा यस अन्तर्गत पर्छ । र हामी अत्यन्त गम्भीरतापूर्वक काम गरिराखेका छौँ ।’

गृहमन्त्री लेखकले २०१२ सालमा बनेको प्रहरी ऐन नै आजसम्म कार्यान्वयमा रहेको भन्दै ७० वर्षपछि प्रहरीसम्बन्धी विधेयक हालै संसदमा विचाराधिन रहेको बताए । यो विधेयकले प्रहरीलाई सक्षम बनाउने र शान्तिसुरक्षा कायम गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सिमित स्रोत र साधनका बाबजुद पनि धेरै खट्नुपरेको र त्यसले कतिपय समस्या तथा जटिलताहरू देखापरेको उनको भनाइ थियो । 

ADV

सम्बन्धित खबर

Advertise