२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पर्सामा नागरिक सुनुवाइ : सेवा प्रवाहमा कुनै सम्झौता नगर्न आग्रह

ADV
महमद सदाब
२०८१ असार ३० गते २०:४१
पर्सामा नागरिक सुनुवाइ : सेवा प्रवाहमा कुनै सम्झौता नगर्न आग्रह

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिलासँगै दलित तथा अन्य समुदायको सहभागितालाई समावेशीमूलक बनाउन आग्रह गरेका थिए । 

महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरिरहेको दावी गर्दै उनले सेवा प्रवाहका मामिलामा कुनै सम्झौता नगर्न पनि सरोकारवालालाई सचेत गराए ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिक मैत्री सेवा नै प्रशासनको प्राथमिकतामा रहेको बताए । 

प्रहरी र प्रशासनको सहकार्य, समन्वयमा मुद्दा मामिला तथा उजुरीको छिनोफानो हुने गरेको उनले बताए । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले राजस्व चुहावटको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियपूर्वक काम गरिरहेको बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचको समन्वयात्मक भूमिकामा भन्सार छली तथा चोरी पैठारी जन्य कार्यमा नियन्त्रण भएको उनको दाबी छ  ।

वीरगञ्ज महानगर पालिका वडा नं.२ का वडा अध्यक्ष रेयाज मियाले प्रहरी कार्यालयमा नागरिकको पहुँच नपुगेको र कार्यालयमा पुग्नेहरुलाई पनि सम्मानजनक रुपमा व्यवहार नभएको गुनासो गरे । 

कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक नीता थापाले गरेकी थिइन् भने कार्यक्रममा बुद्धिजीवि, समाजसेवी, नागरिक समाज, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise