२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

'होटल म्यानेजमेन्ट स्वरोजगार बन्ने शिक्षा हो'

shivam cement
२०८२ साउन ४ गते ०६:२५
'होटल म्यानेजमेन्ट स्वरोजगार बन्ने शिक्षा हो'

नेपाल हस्पिटालिटी क्षेत्रको विकासको लागि होटल म्यानेजमेन्ट कलेजको भूमिका बढ्दो छ । विगतमा होटल म्यानेजमेन्ट पढनका लागि बिदेश जानु पर्ने बाध्यताको कारण होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी निकै कम थिए । तर पछिल्लो समय होटल म्यानेजमेन्ट व्यवहारिक तथा प्रयोगात्मक शिक्षाको थलो बन्दै गएको छ । नेपालमा पर्यटकीय गन्तव्यको मुलुक भएको कारण समेत नेपालमा होटल म्यानेजमेन्ट पढ्नेलाई अवसर छ भने विदेशमा समेत राम्रो अवसरको रुपमा हेर्ने सकिन्छ । हस्पिटालिटी क्षेत्रका लागि अति नै आवश्यक जनशक्ति उत्पादन गर्ने मोसफलको चर्चित होटल म्यानेजमेन्टको  शिक्षा दिइरहेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टका प्रबन्ध निर्देशक समीर ढकालसंग मध्यान्हका छवि सापकोटाले गरेको कुराकानी । 

नेपालमा होटल म्यानेजमेन्ट शिक्षाको आवश्यकता कति छ ? 

नेपालीमा अहिले सिप र रोजगारी दिने सक्ने शिक्षा नै होटल म्यानेजमेन्ट हो । होटल म्यानेजमेन्ट यस्तो शिक्षा हो जो बिश्वको कुनै पनि स्थानमा गएर काम गर्न सक्षम बनाउछ। नेपालमा पछिल्लो समय होटल म्यानेजमेन्ट प्रति आकर्षण समेत बढेको छ । हस्पिटालिटी उद्योग खुलिरहेको अवस्थामा नेपालमा रोजगारी  प्राप्त गर्ने शौक्षिक क्षेत्र नै होटल म्यानेजमेन्ट बन्दै गएको छ । नेपालमा पर्यटन क्षेत्रमा देखिएको लगानी बिस्तारले समेत होटल म्यानेजमेन्ट पढेको बिद्यार्थीलाई ठुलो अवसर छ । 

नेपालमा सञ्चालनमा रहेका होटल म्यानेजमेन्ट कलेजले गुणस्तियर शिक्षा दिन सकेका छन् ? 

नेपालमा होटल म्यानेजमेन्ट पढेको बिद्यार्थीले जुन सुकै देश होस या स्वदेशमा अब्बल भएका छन् । हाम्रो शौक्षिक क्षेत्रमा सबै भन्दा राम्रो शिक्षाको रुपमा होटल म्यानेजमेन्ट क्षेत्रलाई हेर्न सकिन्छ । बिगतमा नेपालमा पढाई कम हुने हुदाँ भारत लगायतको देशका मंहगो शुल्क तिरेर होटल म्यानेजमेन्ट पढ्न  गइरहेको अवस्था थियो । तर अहिले होटल म्यानेजमेन्ट कलेजमा भारतबाट समेत बिद्यार्थी आइरहेको अवस्था समेत छ । नेपालका होटल म्यानेजमेन्ट  कलेजमा विदेशमा अध्ययन र काम गरेको सेफहरु छन् । उनीहरुबाट हुने व्यवहारिक शिक्षाको कारण होटल म्यानेजमेन्ट शिक्षा राम्रो छ । नेपालमा पढेर विदेश जानेहरु समेत अब्बल नजिता ल्याएका छन् । पछिल्लो समय पाँच तारे होटलहरुमा समेत नेपालमै होटल म्यानेजमेन्ट पढेकाहरुको संख्या बढ्दो छ । 

होटल म्यानेजमेन्ट विद्यार्थीको लागि अवसरका क्षेत्र के के हुन्छ ?

हामी कहाँ होटल म्यानेजमेन्ट शिक्षालाई बेलौमा धेरैले चिन्न सकेनन् । अरु देशमा राम्रो अवसर  हुदाँ समेत हाम्रो शिक्षा नीतिमा निकै पछि मात्र प्रवेश पाएको थियो । 

होटल म्यानेजमेन्ट पढने विद्यार्थीको लागि आगामी दिन अझै करियर बनाउने अवसर बन्छ ।होटल म्यानेजमेन्ट पढेकाले ट्राभल एन्ड टुरिज्म,बीबीए, बीबीएस, बीएससीआइटी  वा अन्य स्नातक कोर्षमा सजिलै जान सक्छन् । आफै स्वारोजगार हुने देखि होटल, रिसोर्ट, ब्यांक्वेट, रेस्टुरेन्ट एन्ड बार देखि इभेन्ट म्यानेजमेन्टमा समेत रोजगारीको अवसर छ । होटल म्यानेजमेन्ट सिप सिकाउने शिक्षा हो ।

मोसफलको पुरानो सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट विद्यार्थीले किन रोज्ने ? 

सिन्धुली कलेज साविकको जनकपुर अञ्चल र सिन्धुली जिल्लाको पहिलो होटल म्यानेजमेन्ट कलेज हो । घर देखि नजिकै वा शहरमा भन्दा सस्तो सेवा शुल्क लिएर सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट पढाइरहेको छ । पछिल्लो समय होटल म्यानेजमेन्ट पढ्नेको संख्या कलेजमा बढिरहेको छ । नेपालमा पर्यटन क्षेत्रमा अथाह संम्भावना भएको कारणले होटल म्यानेजमेन्ट कलेजमा जति बिद्यार्थीले पढिरहेका छन उनीहरुको भविष्य उज्जल छ । होटल म्यानेजमेन्ट पढेपछि जव मात्र गर्नु पर्छ भन्ने छैन आफै सानो लगानी गरेर आफ्नौ काम समेत सुरु गर्न सकिन्छ । यस्तै बिदेशमा समेत होटल म्यानेजमेन्ट पढेको बिद्यार्थीलाई राम्रो अवसर छ । अहिले सिप बिना बिदेश पलायन भइरहेको युवा जनशक्तिलाई होटल म्यानेजमेन्ट पढाएर इन्टरसिपमा मात्र पठाउन सक्ने हो भने राम्रो अवसर उनीहरुले प्राप्त गर्न सक्छन् । मोसफलको पुरानो होटल म्यानेजमेन्ट कलेज भएकोले सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट राम्रो पढाई हुने कलेजको रुपमा हेरिन्छ । यहाँ पढेको बिद्यार्थीलाई नेपाल, भारत लगायत विभिन्न देशमा इन्टरसिपमा पठाइने भएकोले विद्यार्थीको शिप र दक्षता बढने हुनाले रोजगारीको लागि निकै नै सहज छ । हामी कहाँ  होटल म्यानेजमेन्ट पढाइसंगै सिप सिकाइलाई धेरै नै महत्व दिन्छौ । प्रयोगात्मक परिक्षाबाट नै विद्यार्थीमा निखरता आउने हुन्छ । कलेजमा अध्ययन गरेका अधिकांश विद्यार्थी नेपाल मै र विदेशमा समेत राम्रो अवसर पाइरहेका छन् ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise