२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रचण्ड–शेखर र विद्या भेटले तरंग

Nada
अस्मिता बम
२०८२ साउन ४ गते ०६:३०
Shares
प्रचण्ड–शेखर र विद्या भेटले तरंग

काठमाडौं : प्रमुुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरेको छलफलले राजनीतिक तरंग उत्पन्न भएको छ । 

ncell

सत्तारूढ दलका विपक्षी धारका नेता र प्रमुख प्रतिपक्षी दलका नेताबीचको भेटलाई लिएर अनेकन बहसहरू भइरहेका बेला उक्त विषयले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको पोलिटब्युरो बैठकमा समेत चर्चा पाएको हो ।   

सत्ताको प्रमख सहयात्री दल कांग्रेसका प्रभावशाली नेता कोइरालाले विपक्षी दल माओवादी अध्यक्ष प्रचण्ड र सरकारकै नेतृत्वकर्ता एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीसँगको छलफलले नयाँ सत्ता समीकरणको विकल्प खोज्ने प्रयास भएको नेताहरूले बताएका छन् ।

एमाले पोलिटब्युरो बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले यो विषय उठाएका हुन् । उनले भने, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेशकुमार सिंहले भन्ने, चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र सहयोग माग, वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिष्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनुहुन्न अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ ।’ 

बैठकमा कांग्रेस नेता कोइरालाको सक्रियतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी मिलेर नयाँ सत्ता समीकरण खोजेको नेताहरूले बताए । केपी ओली नेतृत्वको सरकारबाट रुष्ट बनेका नेता कोइरालाले प्रचण्ड र भण्डारीसँग २ दिनअघि छुुट्टा–छुट्टै भेट गरेका थिए । शेखरसँग प्रचण्ड निवास पुगेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नयाँ समीकरणको तयारी भइरहेको दाबी गर्दै आएका छन् ।

प्रचण्ड, विद्या भण्डारी, माधव नेपाललगायतको सहयोगमा यो सरकार ढालेर नेता डा. कोइराला प्रधानमन्त्री बन्ने तयारी रहेको उनको दाबी छ । यद्यपि उनले भनेजस्तो सजिलो परिस्थिति नरहेको विश्लेषकहरू बताउँछन् । ३ नेताको भेटलाई लिएर राजनीति वृत्तमा नयाँ तरंग उत्पन्न भएपनि नेपाली कांग्रेसका नेताहरू अहिले त्यस्तो सम्भावना नरहेको बताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर