२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मन्त्रालयको संख्या घटाएर सरकार छाड्दै मुख्यमन्त्री सोडारी

ADV
सुनिल आउजी
२०८१ असार ३० गते २१:३२
मन्त्रालयको संख्या घटाएर सरकार छाड्दै मुख्यमन्त्री सोडारी

धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पुरानै मन्त्रालय कायम राखेर सरकार छोड्ने तयारी गरेका छन् । विभाजन गरी थपिएका ३ मन्त्रालय फेरि गाभेर पुरानै ७ मन्त्रालय कायम गर्ने सोडारीको तयारी छ ।

भागबण्डा मिलाउनकै लागि गत असार १६ गते चारवटा मन्त्रालय फुटाएर ३ मन्त्रालय थप गरिएको थियो । जेठ २८ गते २ विभागिय तथा ५ बिना विभागिय मन्त्री बनाएका सोडारीले ५ जनालाई जिम्मेवारी दिन १६ गते मन्त्रालय फुटाएका थिए ।

१० सदस्यीय मन्त्रीमण्डल बनाएका सोडारीले एमालेले समर्थन फिर्ता लिएसँगै सरकार छोड्नुपर्ने स्थिति आएको हो । एमालेका ३ मन्त्रीले राजीनामा दिइसकेका छन् । प्रदेशमा कायम रहेका ७ मन्त्रालयबाट १० मन्त्रालय बनाएका सोडारीले अब फेरि ७ मन्त्रालयनै कायम राख्ने तयारी गरेका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत तथा सहरी विकास र पूर्वाधार विकास मन्त्रालय बनाइएको थियो ।

सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय बनाइएको थियो । उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण तथा सहकारी र उद्योग, वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट सहकारीलाई वातावरणमा मिलाएपछि कृषि तथा भूमि सुधार मन्त्रालय कायम गरिएको थियो । अब पूर्ववत् मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार विकास, आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, भूमि, व्यवस्था कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कायम रहने जनाइएको छ ।

सरकारबाट बहिर्गमन हुने अवस्था आएपछि मुख्यमन्त्रीले मन्त्रालयको संख्या घटाएर साविकै सातमा झार्ने मनस्थिति बनाएका हुन् । मुख्यमन्त्री सोडारीले मन्त्रालयको संख्या घटाउने बताइएको छ । उनले सबैतिरबाट मन्त्रालयको संख्या घटाउनुपर्ने सुझाव आएको बताए । ‘मन्त्रालयको संख्याको विषयमा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठमा छलफल हुन्छ’, उनले भने, ‘यो विषयमा धेरैतिरबाट सुझाव पनि आएको छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise