काठमाडौंः नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व-पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन् ।
बीपी संग्रहालय सुन्दरीजलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरेपनि कल्पना बीपी को रहेको बताए । उनले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपी ले गरेको काम जति अरु कसैले पनि गर्न नसकेको बताए ।
सांसद कोइरालाले भने, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महशुस भयो । बीपी सम्झिँदा आँशु आउँछ । उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२-१४ वर्ष त जेल बस्नुभयो । भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद बीपी ले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना बीपी कोइरालाको थियो ।’
सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको बताए ।