२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टुंगियो भागबण्डा, मन्त्रिपरिषद्लाई आजै पूर्णता दिइने

ADV
शिव विक
२०८१ असार ३१ गते ०६:४५
टुंगियो भागबण्डा, मन्त्रिपरिषद्लाई आजै पूर्णता दिइने

काठमाडौं : सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले संघीय मन्त्रिपरिषद्मा कुन कुन मन्त्रालय लिने भनेर भागवन्डा टुंगो लगाएका छन् । तर, मन्त्रीहरुको नाम यकिन भएको छैन । 

नेताहरूका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व लिनेछ । शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि एमालेले लिने तय भएको छ ।

गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसले लिने समझदारी छ । समझदारी अनुसार शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पनि कांग्रेसले लिनेछ ।

नेताहरूका अनुसार आजै (सोमबार नै) मन्त्रिपरिषदलाई आजै पूर्णता दिने तयारी छ । 

आइतबार प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज बिहान ११ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । त्यसपछि मन्त्रीहरूलाई पद तथा गोपनिताको शपथ खुवाउने तयारी छ ।

ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ गराउने तयारी छ । पौडेलले अर्थ मन्त्रालय पाउने भनिएको छ । 
नेताहरूका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले एमालेबाट दपृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् । 
जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्न सक्ने बताइन्छ । कास्कीकी विद्या भट्टराईलाई पनि मन्त्री बनाउने तयारी छ ।

दामोदर भण्डारी र तारा लामा मन्त्रीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ । भण्डारी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री थिए । 

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री बन्दैछन् । परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको छ । 

प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरी पनि मन्त्री बन्न सक्ने नेताहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise