काठमाडौँ : आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।