काठमाडौँ : नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।
मंगलबार मध्यरातमा बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।
केन्द्रीय कमिटीको नवौँ बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।
विभाग प्रमुख गौतमका अनुसार विधान संशोधन गरी ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव निर्णय भएको छ र त्यसैगरी कार्यकर्ता दुई तहका हुनेछन् ।
त्यसै गरी केन्द्रीय कमिटीका पदाधिकारी संख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एक तिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । बैठकका आएका सुझावसहित निर्णय प्रदेश र जिल्ला कमिटीमा पठाउने र थप सुझावपछि विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको छ ।
बहुचर्चित पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको गौतमले बताए ।
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव