२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएजस्तो व्यवहार गरिरहेको छ : अध्यक्ष लिङ्देन

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते १४:०७
सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएजस्तो व्यवहार गरिरहेको छ : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् ।

अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ । उनले वर्तमान सरकारका एक-दुई जना नभएर दर्जन बढी मन्त्रीहरुमाथि छानबिन गर्नुपर्ने पनि बताए । उनले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताए ।

उनले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताए । 

उनले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गरे । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise