२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

सांसद खतिवडाको टिप्पणी : सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते १४:५२
सांसद खतिवडाको टिप्पणी : सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडा अध्यक्ष बन्न तम्सिन नहुने बताएका हुन् ।

उनले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताए ।

उनले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गरे । सांसद खतिवडाले मधेशमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी वहन गर्न नसकेको बताए । 

उनले भने, ‘मधेशमा खानेपानीको हाहाकार छ । मान्छेहरु गाग्री लिएर मान्छेहरु सडकमा आउने स्थिति सिर्जना भयो । संघीय संसदमा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसदमा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु । अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरु आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरि वडा अध्यक्ष हुनु हुँदैन ।’

मन्त्री यादवलाई मधेशको खानेपानीको अवस्थाबारे संसदलाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग माग गरे । 

ADV

सम्बन्धित खबर

Advertise