२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

‘सपना’ शुक्रबारबाट प्रसारण हुँदै

Nada
२०८२ साउन ८ गते १९:१३
Shares
‘सपना’ शुक्रबारबाट प्रसारण हुँदै

चितवन : टेलिसिरियल ‘रिटायर हल्दार’मा साधुराम पात्रको भूमिकाबाट लोकप्रिय बनेका पिताम्बर आचार्यले मोफसलमा बसेर सिरियल ‘सपना’ निर्माण गरेका छन् । आचार्यको लेखन, निर्देशनमा रहेको ‘सपना’ नामक सिरियल शुक्रबारबाट पि. आचार्य युट्युब च्यानलमार्फत प्रसारण हुने उद्योग वाणिज्य संघ चितवन, टाढीको सभाहलमा आयोजत पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

ncell

चितवनको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको सिरियल ‘सपना’मा हरेक मान्छेले आफ्नो दैनिक जीवनमा देख्ने सपनालाई मुख्य कथावस्तु बनाइएको निर्माता एवं निर्देशक आचार्यले बताए । उनले सिरियल सन्देशमूलक र मनोरञ्जनात्मक शैलीको रहेको जानकारी दिए ।

सिरियलमा पिताम्बर आचार्य, सुनिता आचार्य, भक्त थापा, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पु कुमार गुप्ता, अर्नुन कुमाल, प्रज्वल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमाया बास्तोला, राजकुमार भुजेल, लक्ष्मी वास्तोला, सुमित्रा रेग्मी, माया रेग्मीलगायतको अभिनय रहेको छ भने बाल कलाकारहरूमा सुवत लामिछाने, सरोज पौडेल, कान्छी बास्तोला रहेका छन् । सिरियलमा श्रृंगार सञ्जय लामाको रहेको छ भने छायांकन तथा सम्पादन आवास रानाको रहेको छ ।  

सम्बन्धित खबर