२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नवगठित सरकारमा पर्साबाट पहिलो पटक एकसाथ तीन जना मन्त्री

ADV
आबिद हुसेन
२०८१ असार ३१ गते १४:५०
नवगठित सरकारमा पर्साबाट पहिलो पटक एकसाथ तीन जना मन्त्री

वीरगञ्ज : संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलो पटक तीन जना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीन जना मन्त्री बनेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री, पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया कानून, न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् । यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसका केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।

यादव यसअघिको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए । गत वैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए । त्यसअघि २०७९ मा उनी चार महिना वन तथा वातावरण मन्त्री बनेका थिए ।

यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित रमेश रिजाल प्रचण्ड सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise