२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

नवनिर्मित शिवालय मन्दिरको उद्घाटन

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते २१:१५
नवनिर्मित शिवालय मन्दिरको उद्घाटन

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ फुलवारीमा निर्माण सम्पन्न भएको शिवालय मन्दिरको उद्घाटन गरिएको छ । विशेष समारोहकाबीच नगरप्रमुख झविलाल थापाले मन्दिरको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले फुलवारी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने योजनाका साथ विभिन्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उनले सुपादेउराली दर्शनमा आउने पर्यटकलाई सेङलेङ दह, पाथीभरा मन्दिर, मृगस्थली झरना, मसिनाका लेक हुँदै ढाकावाङ्गस्थित भूमे मन्दिरसम्म पुर्‍याउने धार्मिक मार्ग निर्माणको योजना अघि सारिएको उल्लेख गरे । 

थापाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पूर्वाधार विकास, कृषि परामर्श सेवा विस्तार, सहकारीहरूको सशक्तिकरण र स्थानीय उद्यमशीलताको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताए । साथै, पिपलनेटा बजारदेखि फुलवारीसम्मको सडक खण्ड कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको र यसले विकासको गति थप तेज बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा वडाध्यक्ष गोपाल प्रसाद खनालले फुलवारी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय दृष्टिले संरक्षण गर्नु आवश्यक रहेको बताउँदै भूमिकास्थान नगरपालिकाले भौतिक विकासका सूचकहरूमा अन्य पालिकाहरूभन्दा राम्रो प्रगति गरेको धारणा व्यक्त गरे । 

उक्त उद्घाटन कार्यक्रममा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, नगर कार्यपालिकाका सदस्य खुमा बेलवासे, स्थानीय जनप्रतिनिधि, कर्मचारी, आमा समूह तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रम बासुदेव गिरीको अध्यक्षता, प्रकाश भुसालको सञ्चालन तथा टेकप्रसाद बेलवासेको स्वागत मन्तव्य राखेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise