
काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी)मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।
आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।
उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले डा. मनोज केसीलाई आइजिपीमा नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो ।