२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बागमती कांग्रेस संसदीय दलको बैठक बस्दै

Nada
२०८२ साउन १३ गते ०९:१९
Shares
बागमती कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ ।

ncell

प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो ।

अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राति अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो ।

बागमती प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन् ।

सम्बन्धित खबर