२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

भेरी नदी खतराको सतह नजिक, सतर्क रहन आग्रह

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते ०९:३४
भेरी नदी खतराको सतह नजिक, सतर्क रहन आग्रह

सुर्खेत : भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ ।

भेरी नगरपालिका-१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको बहाव बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, “जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।”

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सतह केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise