२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

डोल्पाको ठुली भेरी नदीको टापुमा फसेका ४ जनाको सकुशल उद्धार

Nada
पूर्ण सार्की
२०८२ साउन १३ गते ११:५३
Shares
डोल्पाको ठुली भेरी नदीको टापुमा फसेका ४ जनाको सकुशल उद्धार

डोल्पा : हिमाली जिल्ला डोल्पाको ठुली भेरी नगरपालिका–३, धुपिचौरस्थित ठुली भेरी नदीको टापुमा फसेका ४ जनालाई मंगलबार बिहान सकुशल उद्धार गरिएको छ । 

ncell

केही दिनदेखिको अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक्कासी बढ्दा बाढीले बगाएको दाउरा संकलन गर्न गएका उनीहरू टापुमा फसेका थिए ।

टापुमा फसेको खबर आएसँगै तत्काल प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काको कमाण्डमा २५ जना प्रहरीको टोली, सशस्त्र प्रहरी बल गुल्म नम्बर ४६ दुनैबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दीपकराज भट्टको कमाण्डमा १९ जना र नेपाली सेनाको संग्राम सार्दुल गुल्म, सुलिगाड डोल्पाबाट सेनानी हरिश शाहीको कमाण्डमा २२ जना सुरक्षाकर्मी खटिएका थिए ।

जिल्लास्थित सबै सुरक्षा निकायको सहकार्यमा भेरी नदीको टापुमा फसेका त्रिपुरासुन्दरी-६ का ३३ वर्षीय ललित बोहोरा, २६ वर्षीय नन्दप्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढाको उद्धार गरिएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

जिल्ला अस्पताल डोल्पाले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारपश्चात घर पठाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले वर्षायाममा नदी आसपास दाउरा संकलन वा अन्य कामका लागि जानु जोखिमपूर्ण हुने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर