२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

सडक दुर्घटनामा परी भारतमा १८ तीर्थयात्रीको मृत्यु

shivam cement
२०८२ साउन १३ गते १८:०१
Shares
सडक दुर्घटनामा परी भारतमा १८ तीर्थयात्रीको मृत्यु

काठमाडौंः पूर्वी भारतमा मंगलबार हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो ।

स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुवातसँगै पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ जाँदै गरेको बताए । ‘बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ’, दुबेले सामाजिक सञ्जालमा भने ।

तीर्थयात्रीहरूले संहारका हिन्दू देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गरे ।

उनको कार्यालयले सामाजिक सञ्जालमा भनेको छ, ‘झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दुःखद छ ।’ 

आधिकारिक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा दशौँ हजार मानिस मर्छन् । सन् २०२३ मा सडक दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको यातायातमन्त्री नितिन गडकरीले संसद्लाई बताए ।

गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । 

सम्बन्धित खबर