२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

नवलपरासीमा गुडिया पर्व मनाइयो

shivam cement
विनोद निगम
२०८२ साउन १३ गते २०:३६
नवलपरासीमा गुडिया पर्व मनाइयो

नवलपरासी : नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–२ स्थित नदी किनारमा मंगलबार धार्मिक श्रद्धा, भजन–कीर्तन, स्नान र परम्परागत पूजापाठसहित गुडिया पर्व (नागपञ्चमी) उल्लासपूर्वक मनाइएको छ ।

परम्पराअनुसार नागपञ्चमीका दिन बिहानै पवित्र नदीमा स्नान गरी गाईको गोबरले घर वरिपरि गोबर चक्र बनाइन्छ । त्यसपछि दूध, लावा र चनाको घुघरी नागदेवतामा चढाइने प्रचलन रहेको छ । गाउँ नजिकको विभिन्न धर्मस्थानमा पूजा अर्पण गर्ने चलन अझै जीवित रहेको स्थानीयहरूले बताएका छन् । 

पर्वको अवसरमा सार्वजनिक स्थलहरूमा भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको थियो । हार्मोनियम, माइक र अन्य साजसज्जासहित स्थानीय वृद्धदेखि युवासम्मले सामूहिक भक्ति गीत गाएका थिए । प्लास्टिकको त्रिपाल ओछ्याएर आयोजना गरिएको कार्यक्रममा बालबालिका, महिला र पुरुषहरू उत्साहपूर्वक सहभागी भएका थिए ।

स्थानीयहरूले भने,‘हाम्रो संस्कार यस्तै हो, पर्वमा भगवानको नाम लिने, गीत गाउने, र गाउँ–समुदायलाई एक ठाउँमा ल्याउने गर्छौं ।’

गुडिया पर्वको मुख्य आकर्षण भनेको साँझपख कपडाबाट बनाइएको गुडिया पिट्ने परम्परा हो । यस परम्परालाई अशुभ शक्ति हटाउने र गाउँको कल्याणको प्रतीकका रूपमा लिइन्छ ।
स्थानीय तहमा जगेर्ना हुँदै आएका यस्ता परम्परागत पर्वहरूले तराई–मधेशको मौलिक पहिचान जोगाउन सहयोग गरेको बुद्धिजीवीहरूको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise