२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपाल हज समितिको अध्यक्षमा अहमद नियुक्त

Nada
२०८२ साउन १४ गते १०:३६
Shares
नेपाल हज समितिको अध्यक्षमा अहमद नियुक्त

काठमाडौं : नेपाल हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त भएका छन् । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिरहाका अहमदलाई नियुक्त गरेका हुन् ।

ncell

मंगलबार मन्त्रीस्तरको निर्णयबाट सिराहाका अहमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट सिरहा क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका अहमद राष्ट्रिय जनता पार्टीका राजकिशोर यादवसँग पराजित भएका थिए ।

गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्ति प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर