२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

हेटौँडाको न्यायिक समिति: एक वर्षमा १४३ उजुरी फर्छ्योट

Nada
२०८२ साउन १४ गते ११:००
Shares
हेटौँडाको न्यायिक समिति: एक वर्षमा १४३ उजुरी फर्छ्योट

बागमती : हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फर्छ्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । 

ncell

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । 

समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा  फर्छ्योट भएका उपप्रमुख बानियाँले बताए। समितिले ४५ वटा उजुरीको निरूपण अदालतबाट हुनुपर्ने राय दिइएको, नौ वटा उजुरी अन्य न्यायिक निकायमा पठाइएको, २० वटा उजुरी निष्क्रिय भएको र १२ वटा निवेदन फिर्ता भएका छन् । 

उपमहानगरपालिकामा आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फर्छ्योट भएका छन् ।

सम्बन्धित खबर