२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

सन्ध्या परियारले ल्याइन् 'कति माया लाउछ मेरो भन भन' (भिडियोसहित)

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते १७:४७
सन्ध्या परियारले ल्याइन् 'कति माया लाउछ मेरो भन भन' (भिडियोसहित)

काठमाडौं : गायिका सन्ध्या परियारको 'कति माया लाउछ मेरो भन भन' बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायनमा उनलाई गायक तथा संगीतकार आशिष अविरलले साथ दिएका छन् ।

रमेश परियारको शब्द रहेको सो म्युजिक भिडियोमा आशिष अविरलकै संगीत तथा मिक्सिङ मास्टरिङ रहेको छ । म्युजिक भिडियोमा सन्ध्या परियार स्वयं अभिनयमा देखिएकी छन् भने उनका साथमा लोमश शर्मा र विक्रम बुढाथोकी पनि फिचर्ड छन् ।

मुकेश नेपालीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

विशाल घिमिरेको निर्देशनमा बनेको म्युजिक भिडियो अजय रेग्मीले खिचेका हुन् । सदीक्षा फिल्म्सको प्रोडक्सनमा तयार म्युजिक भिडियो गायिका सन्ध्या परियारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


ADV

सम्बन्धित खबर

Advertise