२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

खानेपानी व्यवस्थापनका लागि तेह्रथुम समाज कतारले गर्‍यो आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन १४ गते १९:३६
खानेपानी व्यवस्थापनका लागि तेह्रथुम समाज कतारले गर्‍यो आर्थिक सहयोग

दोहा, कतार : तेह्रथुम सेवा समाज कतारले गृह जिल्लाको एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । समाजले तेह्रथुमको छथर-२, शुक्रबारेमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी व्यवस्थापनका लागि ५० हजार रुपैयाँ स्कुलको खातामा सहयोग स्वरूप जम्मा गरेको हो । 

समाजका अध्यक्ष महेन्द्रप्रसाद उप्रेतीले विद्यालयमा लामो समयदेखि पानीको अभाव भएको जानकारी पाएपछि समाजमा आबद्ध व्यक्तिहरूबाट रकम संकलन गरी संस्थागत सहयोग गरिएको बताए । प्रवासमा रहँदा पनि विद्यालयको समस्या बुझेर अति आवश्यक क्षेत्रमा सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक खगेन्द्र न्यौपानेले समाजलाई हार्दिक आभार व्यक्त गरे । 

सन् २००५ मा कतारमा सामाजिक संस्थाका रूपमा स्थापित समाजले जिल्लाभित्र रहेका गरिब, निमुखा, विभिन्न रोगका बिरामीहरूसहित सामाजिक क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise