काठमाडौं : दक्ष इन्टरनेसनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ सम्पन्न भएको छ । काठमाडौंको नेपाल प्रहरी क्लब परिसरस्थित ब्लु प्याभिलियनमा आयोजित उक्त समारोह दुई चरणमा सम्पन्न भएको थियो ।
समारोहमा समाजसेवा, कला, संस्कृति, सौन्दर्य, उद्यमशीलता, अध्यात्म र प्रवाससहित ४० भन्दा बढी विधामा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो ।
समारोहमा नेपाली संगीत क्षेत्रमा दीर्घ योगदान पुर्याएका वरिष्ठ गायक सिताराम पोखरेल र चर्चित गायिका अञ्जु पन्तलाई विशेष सम्मान प्रदान गरियो । त्यस्तै, गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल राजेन्द्र लुईंटेल, सामाजिक अभियन्ता तथा अभिनेत्री शान्ता तामाङ र हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’लाई पनि सम्मान गरिएको थियो ।
सौन्दर्य सेवा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अफशान नेवा ‘हायु’, सुनिता टण्डुकार, सरिता गुरुङ, शोभा कार्की, सिता तामाङ, अनु गुरुङ, धनु कन्दङ्वा र मञ्जिला सुवेदीलाई सम्मान गरियो । समाजसेवामा उल्लेखनीय योगदान गरेका ईशा गुरुङ र शान्ता शर्मासँगै उद्यमशील क्षेत्रमा सक्रिय रिवन इन्टरटेनमेन्टका प्रमुख निशु झा, सुवास श्रेष्ठ, बलराम कार्की, सन्दीप खनाल, सुनिल अर्याल, मन्दिरा सिटौला र बालकृष्ण पोखरेलले पनि सम्मान प्राप्त गरे ।
धार्मिक तथा आध्यात्मिक सेवामा सक्रिय विनोद कार्की ‘मोहनिको महाराज’, सरु पुन ‘माता’ र श्यामबहादुर महत ‘हारती माता’लाई सम्मान प्रदान गरिएको थियो । विदेशमा बसेर नेपाली कला र सामाजिक चिनारीको प्रवर्धन गर्ने हरि कर्माचार्य (अमेरिका) र केशव आचार्य (दुबई) लाई ‘प्रवासी प्रेरणा सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
यस वर्षको ग्लोबल स्टार अवार्ड प्राप्त गर्ने अन्य विशिष्ट स्रष्टा र व्यक्तित्वहरूमा उत्कृष्ट नाटक निर्देशकको रूपमा वीरेन्द्र हमाल, उत्कृष्ट संगीत भिडियो निर्देशक अलोन रेशम, उत्कृष्ट लोक गायक अमित सापकोटा, सर्वाधिक लोकप्रिय गायक आनन्द कार्की, उत्कृष्ट फेसन कोरियोग्राफर अश्रु महर्जन, उत्कृष्ट सौन्दर्य संस्था बेंचमार्क हेयर एन्ड ब्युटी स्टुडियो, उत्कृष्ट महिला मोडल भगवती लमिछाने, प्रेरणादायी अन्तर्राष्ट्रिय पाइलट भावना पन्त, लुम्बिनी प्रदेश सौन्दर्य विशेषज्ञ चित्रकला पौडेल, उत्कृष्ट सौन्दर्य प्रशिक्षण संस्था क्युटी केयर ब्युटी हब, उत्कृष्ट आधुनिक गायक दर्शन हिङ्गाङ, अन्तर्राष्ट्रिय फेसन डिजाइनर डिना गुरुङ र सर्वाधिक लोकप्रिय गायिका एलिना चौहान छन् ।
त्यस्तै, उत्कृष्ट एयर होस्टेस तालिम संस्थाको रूपमा फ्लाइटेक इन्टरनेसनल, कार्यक्रम विधाका मेकअप कलाकार गीता उप्रेती, आधुनिक मेलोडी विधाका गीतकार गोविन्द कडेल ‘आँसु’, उत्कृष्ट फोटोग्राफी तालिम संस्था आइडिया मिडिया ट्रेनिङ नेपाल, सम्भावनाशील गीतकार कमल शर्मा आचार्य, भागवत वाचक केदारनाथ देवकोटा, लोकप्रिय युगल गायक/गायिका मदनकृष्ण श्रेष्ठ र त्रिप्ती खड्का गुरुङ, छाला सौन्दर्य विशेषज्ञ मञ्जु खत्री, भक्ति गीत मोडल मञ्जु राना, तीज गीत गायिका मञ्जु थापा गुरुङ र वैदिक ज्योतिषाचार्य मेघनाथ रेग्मी पनि सम्मानित भएका थिए ।
गीतकार (राष्ट्रिय भाव) नवराज बजगाईं, पेजेन्ट मोडल निलम गुरुङ, लोक गायिका निशा केसी, महिला मोडल परितोषिका पन्त, भक्ति गीत गायिका पवित्रा रिजाल, अग्रणी व्यक्तित्व प्रलाद चौहान, सह–अभिनेता प्रेम पाण्डे, डेब्यु मोडल (पुरुष) पुरू भण्डारी, पप गायक रविन लिम्बू, साज–श्रृङ्गार विशेषज्ञ राधिकामाया महर्जन, मिडिया उद्यमी रमेश शाही, लोकप्रिय महिला मोडल रीमा विश्वकर्मा, दशककै उत्कृष्ट लोकगायक रेशम सापकोटा, नेतृत्व विशिष्टता सम्मानप्राप्त रिता आचार्य, म्युजिक भिडियो विधाका मेकअप कलाकार सदिक्षा कर्माचार्य, उदियमान महिला मोडल सदिक्षा पाण्डे, पप गायिका सरु राई, कृषि प्रवर्धक श्याम घिमिरे, डेब्यु महिला मोडल सोनिया चाम्लिङ राई, नवप्रवर्तन सम्मानप्राप्त सुहाना भट्टराई, भावनात्मक गायिका सुमी पराजुली, सेलिब्रेटी ट्याटु आर्टिस्ट सुनिता कुँवर, नेल टेक्निसियन सुनिता पंघों लिम्बू, कार्यक्रम निर्देशक सुरज थापा, लोक गायिका सुसिला गौतम, महिला गीतकार तारा अधिकारी, प्रोत्साहन सम्मानप्राप्त तेज श्रेष्ठ ‘अञ्जन’, आधुनिक गीतकार (पुरुष) टेक बहादुर तामाङ, सौन्दर्य प्रशिक्षक उमा बस्नेत, उदियमान ब्यूटिसियन उर्मिला पन्त, उत्कृष्ट फोटोग्राफी स्टुडियो वेल क्लिक स्टुडियो र प्रेरणादायी गायक यादव कार्कीलाई पनि सम्मान प्रदान गरिएको थियो ।
ग्लोबल स्टार अवार्ड २०२५ का आयोजक टेकराज पाण्डेले यो अवार्ड कार्यक्रम सिर्जनशील, श्रमशील र समाजसेवामा समर्पित प्रतिभाहरूप्रति कदर प्रकट गर्ने मात्र नभई भविष्यका लागि प्रेरणाको स्रोतसमेत बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार ग्लोबल स्टार अवार्ड अब केवल सम्मान प्रदान गर्ने कार्यक्रम होइन, नेपाली सन्दर्भमा प्रतिभा उजागर गर्ने एक प्रेरणादायी संस्थाका रूपमा स्थापित भइसकेको छ ।