२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

Nada
२०८२ साउन १५ गते ०८:२४
Shares
सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

सिरहा : निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ । करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन । तर, हालै मधेस प्रदेश सरकारले विनियोजन गरेको रु १५ लाख बजेटले नहर सफाइ र सुधार गरी सञ्चालनमा ल्याइने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले जनाएको छ।

खुट्टी नहरको स्थलगत अनुगमनका लागि बुधबार मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयल साथै प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोली पुगेको थियो । अनुगमन टोलीले अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकारवाला निकायबिच सहमति भएको जानकारी गराएको छ ।

सिँचाइ विकास डिभिजनका प्रमुख हस्मत अन्सारीका अनुसार विगत तीन वर्षदेखि बजेट प्राप्त नभएकाले नहर सञ्चालन हुन सकेको थिएन । उनले भने, “नहर सञ्चालनका लागि अवरोधको पहिचान गरी निराकरण गर्ने उद्देश्यले हामी आज स्थलगत अनुगमनमा आएका थियौँ । अब यो ‘फास्ट ट्र्याक’मा काम गरी सञ्चालनमा ल्याइने छ ।”

सो आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चार वटा पालिकाको ९३५ बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । ‘हेडवक्र्स’ बनेपछि किसानमा उत्साह जागेको थियो । तर लामो समयसम्म नहर सञ्चालनमा कुनै तदारुकता नदेखिएपछि किसानले सङ्घर्ष समिति गठन गरेका थिए । किसानको दबाबपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । 

laxmi recruitement

सम्बन्धित खबर