२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण  

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते ०९:०१
विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण  

पाल्पा : तानसेन नगरपालिका-११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । 

जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो । तानसेन नगरपालिकाका प्रमुख तथा जेसीजका पूर्वअध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन-११ का वडाध्यक्ष यादवसिंह कार्की, तानसेन-१ का वडाध्यक्ष तथा जेसीजका पूर्वअध्यक्ष जेसीज सुनिलकुमार बस्याल, जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्कीलगायतका जेसीज पदाधिकारीले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । 

“विपन्न वर्गका विद्यार्थी झोलालगायत शैक्षिक सामग्रीका कारण पढाइबाट वञ्चित हुन नपरोस्, भनेर एक वर्षलाई पुग्ने शैक्षिक सामान उपलब्ध गराएका छौँ”, जेसीजका अध्यक्ष  जेसी विवेककाजी शाक्यले भने । 

त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले उक्त विद्यालयका विद्यार्थीलाई सघाउन रु. ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गरे । 

ADV

सम्बन्धित खबर

Advertise