२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनसीसी कतारद्वारा जिम्मेवारी बाँडफाँट

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन १५ गते २०:१६
Shares
एनसीसी कतारद्वारा जिम्मेवारी बाँडफाँट

दोहा कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) कतारले आफ्नो कार्यकालको पहिलो समीक्षात्मक बैठक बसी विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ । एनसीसीका अध्यक्ष कृष्ण पन्थीको सभाध्यक्षतामा गत सोमबार र बुधबार साँझ विद्युतीय माध्यमबाट बसेको बैठकले प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश भट्टलाई सर्वसम्मत मनोनीत गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो ।

ncell

बैठकबाट २०२५/२७ कार्यकालका लागि सदस्यमा निर्वाचित दर्शन सुनारलाई सर्वसम्मत एनसीसीको प्रवक्तामा चयन गरिएको छ । त्यस्तै श्रमिकका समस्या हेर्नका लागि एनसीसीका द्वितीय उपाध्यक्ष सन्तोष पौडेललाई श्रमिक विभाग संयोजक तथा प्रथम उपाध्यक्ष रविन मगरलाई संघ संस्था समन्वय विभागको संयोजक र तृतीय उपाध्यक्ष जहागीर आलमलाई सुरक्षा तथा सचेतना संयोजकमा मनोनीत गरिएको महासचिव विवेक पुलामी मगरले मध्यान्ह ‍दैनिकलाई जानकारी दिए ।

त्यस्तै एनसीसीले मनोनीत गरेका सल्लाहकारहरूमा सामाजिक व्यक्तित्वहरू माया केसी, राकेश श्रेष्ठ, अजमत अलि, राजेन्द्र देवकोटा, राजाराम शाही, ठाकुर कुमार परियार, नियाज शेख, प्रकाश बिक, मणि पौडेल, सन्तोष क्षेत्री, कलाम हुसेन खान, छविलाल भट्टराई, तुलसीराम पाण्डे र रमेश कनौजे मगरलाई चयन गरिएको प्रवक्ता सुनारले जानकारी दिए ।

सम्बन्धित खबर