२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

गरुडा बजारमा सार्वजनिक शौचालयको अभाव, यात्रु र स्थानीयलाई सास्ती

shivam cement
कृष्ण तिवारी
२०८२ साउन १५ गते २१:५१
गरुडा बजारमा सार्वजनिक शौचालयको अभाव, यात्रु र स्थानीयलाई सास्ती

रौतहट : रौतहटको प्रमुख व्यापारिक केन्द्र, गरुडा बजारमा सार्वजनिक शौचालय नहुँदा यात्रु, व्यापारी र स्थानीयलाई समस्या भएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालको कार्यकालको तीन वर्ष बितिसक्दा पनि यहाँ सार्वजनिक शौचालयको व्यवस्था हुन सकेको छैन ।

गरुडा बजारमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ, जसमा रौतहट, सर्लाही, बारा, पर्सा, मकवानपुर लगायतका जिल्लाका साथ सीमावर्ती भारतीय गाउँका मानिसहरू पनि व्यापारिक तथा पशु चौपाया किनमेलको लागि आउने गर्दछन् । यस्तो भीडभाड भएको स्थानमा सार्वजनिक शौचालयको अभावले सरसफाइ र मानव स्वास्थ्यका लागि गम्भीर चुनौती खडा गरेको छ ।

स्थानीय समाजसेवी शैलेन्द्र यादवका अनुसार, बजारमा आउने महिला र पुरुषहरूलाई अचानक दिसा पिसाब लाग्दा ठूलो सास्ती भोग्नुपरेका छ । पिसाबको लागि गली–कुना खोजेर काम चलाउन सकिएपनि दिसाको समस्याले मानिसहरूलाई स्थानीय व्यापारीको घरको निजी शौचालयमा जान बाध्य भएका छन् । 

जनप्रतिनिधिहरूको प्राथमिकता विवादास्पद

गरुडा नगरपालिकाले वर्षेनी करोडौं बजेट माटो, ग्रेभल र अस्थायी सडक मर्मतजस्ता काममा खर्च गर्ने गरेको छ । तर नागरिकका आधारभूत आवश्यकतामा चासो नदेखाएको स्थानीय गुनासो गर्छन् । जनस्वास्थ्य र सरसफाइभन्दा नाफामा केन्द्रित जनप्रतिनिधिहरूको कार्यशैलीप्रति स्थानीयले आलोचना गरेका छन् । 

खुला दिसामुक्तको घोषणा कार्यान्वयनमा चुनौती 

तीन वर्षअघि रौतहट जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो, तर जिल्लाकै प्रमुख बजारमा सार्वजनिक शौचालयको अभावले सरकारको घोषणाको व्यावहारिकतामा प्रश्न उठाएको छ । नगर प्रमुख इन्दु राय यादवले गत वर्ष सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए, तर सो प्रतिबद्धता अहिलेसम्म व्यवहारमा उतार्न नसकेकोले नेतृत्वको कार्यक्षमता र इच्छाशक्तिमा शंका उत्पन्न भएको छ ।

नगर प्रमुख कन्थमणि जैसवालले २०७९ को निर्वाचनपछि एक वर्षभित्र सार्वजनिक शौचालयको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए, तर उनका प्रतिबद्धता अझै पूरा हुन सकेको छैन ।

ADV

सम्बन्धित खबर

Advertise