२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

चक्रे मिलनसहित ४७ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते ०९:०७
चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौँ : गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।

महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन र उनका सहयोगी राहुल खड्कासहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरी अधिकृतहरूले पाएका थिए । त्यसैलाई आधार बनाएर प्रहरीले उनको समूहलाई खोजी गरिरहेको थियो । 

पक्राउ हुनुअघि दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरूलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्‍यापरहरूसँग समेत देखिएका थिए ।

पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलनको गतिविधिमा चासो दिने वा नदिने भन्नेमा अधिकारीहरू  अलमलमा थिए । तर जन्मदिन मनाउँदा सार्वजनिक स्थानमा हो-हल्ला गरेको आरोपमा उनी पक्राउ परे । 

तर, उनीविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise