काठमाडौं : साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर गायिका सरिता भारतीले ‘नाच्न दे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतको लय र शब्द पनि सरिताकै हो ।
कृष्ण रसालको कोरियोग्राफी र निर्देशन रहेको सो म्युजिक भिडियो बिहीबार बेलुका सार्वजनिक गरिएको हो । यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ । ओम सुनारको संगीत रहेको गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बीबीसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
यो गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैंले निर्वाह गरेकी छन् । अन्य कलाकारमा सोनी कारंजित, सिर्जना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसाललगायतको अभिनय रहेको छ । छायांकान तथा सम्पादन राजेन्द्र पाण्डेको रहेको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युब च्यानलबाट रिलिज गरिएको छ ।