२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते ०७:५३
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

बुटवल : नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । स्थापनाको सबैभन्दा छोटो अवधिमा क्युएए प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो । 

वि.सं. २०७० मा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त गरेकाे हो । 

प्रमाणपत्र हस्तान्तरण विश्वविद्यालय अनुदान आयोगको कार्यालय भक्तपुरले गरेकाे हाे । आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।  

आफैँ क्याम्पसमा पुगेर अध्ययन गरेको अनुभव सुनाउँदै आयोग अध्यक्ष देवराज अधिकारीले भने, “भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट देखियो । निरन्तर प्रगतिका लागि क्याम्पसलाई शुभकामना व्यक्त गर्दछु ।” अधिकारीका अनुसार क्याम्पसको क्युएए प्रक्रियाको मूल्यांकन प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले गरेको थियो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले क्युएए प्राप्तिले क्याम्पसकाे निम्ति ठुलाे उपलब्धि भएकाे बताए । यसले क्याम्पसलाई शिक्षा क्षेत्रमा थप सशक्त बनाएर अगाडि बढ्न प्रेरणा दिएकाे बताए ।

यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले गुणस्तर अभिवृद्धिको यात्रालाई क्युएए प्रमाणपत्रले थप हाैसाला दिएकाे बताए । समुदायिक क्पाम्पस प्रतिकाे धारणा र  सक्षमता  बढाउन सबैले निरन्तर मेहनतले गर्ने हाे शिक्षा क्षेत्रमा अझै प्रगति गर्न सकिने क्याम्पस प्रमुख पाठकले बताए ।

हाल कालिका क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा  बिबिएस, बिएड, बिसिए र स्नातकोत्तर तहमा ग्रामीण विकास, अग्रेजी लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् । क्याम्पसले आगामी दिनमा क्याम्पस मै सीप विकासकाे कार्यक्रम गर्ने तयारी समेत गरेकाे छ । कालिका क्याम्पस नेपालकै सामुदायिक क्याम्पस मध्ये सुविधा सम्पन्न क्याम्पस हाे ।

ADV

सम्बन्धित खबर

Advertise